Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

स्कटल्यान्ड र नामिबियासँगको एक दिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा


आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको एकदिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले १४ जना खेलाडी समावेश गरेर टिमको घोषणा गरेको हो । नेपाली टीममा सूर्य तामाङ पहिलोपटक समावेश भएका छन् ।

आउँदो फागुन २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शृङ्खला सुरु हुँदैछ । नेपालले पहिलो खेल फागुन २ गते नामिबियासँग, ५ गते स्कटल्यान्डसँग, ६ गते नामिबियासँग र नौ गते स्कटल्यान्डसँग खेल्नेछ ।

लिगको तालिकामा ३२ खेलमा ४६ अङ्कसहित स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ । ३० खेलमा ३७ अङ्कसहित नामिबिया तेस्रो र २४ खेलमा १८ अङ्कसहित नेपाल छैटौँ स्थानमा रहेको छ । एकदिवसीय मान्यता जोगाइराख्न नेपाललाईं लिगका बाँकी खेलमा जितको खाँचो रहेको छ ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode