देउवा भौतिक र शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिलामन्त्रीमा नरेशबहादुर शाही नियुक्त भएका छन् ।
आज दुबै जना मन्त्रीमा नियुक्त भएका हुन् । (एकीकृत समाजवादी)बाट शाही आर्थिक मामिलामन्त्रीमा नियुक्त भका छन् ।
उनलाई मन्त्री बनाउने एकीकृत समाजवादीले निर्णय गरेको थियो। शाही बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा एसका शाही र कांग्रेसका देउवालाई मन्त्रीको शपथ गराए ।
देउवा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिज हुन् । शाही आर्थिक मामिला र देउवा भौतक पर्वाधारमन्त्री बनेका हुन् ।
नेकपा (एमाले)बाट मुख्यमन्त्री भएका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख जोशीले शाहलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया