Hikmat Acharya
  • २३ भदौ २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तुर्माखादमा,प्रतियोगीताको उद्घाटन डा. भीम रावलले गर्ने


फागुन १० गतेबाट सुरु हुने १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

तुर्माखाँद गाउँपालिकाको कालिकेश्वरी माविमा हुने राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको हो ।

बुधवार उद्घाटन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद समिति अछामका सदस्यसचिव हर्क साउँदले जानकारी दिएका छन् । प्रतियोगीतालाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ भने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका टिमहरूले सहभागिता जनाउने छन् ।

कार्यक्रमको उद्घाटन पूर्व उप प्रधान तथा रक्षा मन्त्री एमाले नेता डा. भीम रावलले गर्ने छन् ।


क्याटेगोरी : खेलकुद, राजनीति, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode