मेल्लेख गाँउपालिकामा न्यायिक समितीमा मुद्धा आउनै छोडे : संयोजक खड्का (कुराकानी सहित)
अछामको मेल्लेख गाँउपालिकामा न्यायिक समितीमा मुद्धा आउने क्रम न्युन भएको छ । न्यायिक समितीमा मुद्धा आउनेक्रम एकदमै न्युन भएको गाँउपालिका उपाध्क्ष तथा न्यायिक समिती संयोजक निर्प बहादुर खड्काले जानकारी दिनुभयो ।
आफु निर्वाचित भए कार्यभार सम्हालेको १० महिनाको अवधीमा जम्मा ३ वटा मुद्धा आएको उहाँले बताउनुभयो । गाँउपालिकाका जनतालाई गाँउपालिकाको न्यायिक समितीमा पनि मेलमिलाप हुन्छ भन्ने कुरा बुझाउन नसक्दा मुद्धा आउने क्रम न्युन भएको उहाँले उल्लेख गर्नुभयो ।
सामान्य विवाद हुदाँ पनि मान्छेहरु सिधै प्रहरी , प्रशासन तथा अदालत गईहाल्ने भएकाले पनि न्यायिक समितीमा मुद्धा आउने क्रम न्युन भएको उहाँको बुझाई छ ।
सुनौ मेलेख गाँउपालिकाका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक निर्प बहादुर खड्कासंग गरिएको यो कुराकानि ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया