न्यायिक समितिप्रति नागरिकको आकर्षण बढाउन लागी परेका छौँ : उप प्रमुख सोडारी (कुराकानी सहित)
मंगलसैन नगरपालिकाका उप प्रमुख तथा न्यायिक समिति संयोजक संगीता रावल सोडारीले न्यायिक समिति प्रति नागरिकको आकर्षण बढाउन लागी परेको बताएकी छन् ।
न्यायिक समितिप्रति नागरिकको आकर्षण बढाउन नगरपालिकाको न्यायिक समितिले निरूपण गर्न मले बिभिन्न विषय तथा न्यायिक समितिको क्षेत्राधिकारका विषयमा जानकारी गराउने लगायतका काम गर्दै आएको उनले बताएकी हुन् ।
नगरपालिकाका विभिन्न वडा टोलहरूमा महिला हिंसा,दुर्व्यवहार लगायतका विषयमा जानकारी गराउँदै यसबारे कानुनी व्यवस्था लगायतका विषयमा सचेतनाका कार्यक्रम गरिएको उनको भनाई छ ।
यस आर्थिक वर्षको हालसम्मको अवधिमा न्यायिक समितिमा ८ वटा विभिन्न उजुरी तथा गुनासो आएको र तिनो निूण गरिएको उनले बताएकी छन् ।
नगरपालिकाका जनतालाई नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता लगायतका विषयमा वडा स्तरमा विभिन्न सचेतना सम्बन्धी कार्यक्रम गरिएको भए पनि जटिल प्रकृतिका मुद्दा नआउने गरेको बताएकी छन् ।
अहिले पनि सामान्य मुद्दा हुँदा मान्छेहरू सिधै प्रहरी,प्रशासन तथा अदालतमा जाने परिपाटी रहेकाले पालिकामा रहेका न्यायिक समितिमा मुद्दा आउने क्रम भने न्यून रहेको छ ।
कुराकनी :-
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया