अतिआवश्यकबाहेकका अन्य सेवा प्रभावित
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीकी कलावती थापा मगर बिहिबार धनगढीस्थित नवजिवन सहकारी संस्था लिमिटेडमा आवश्यक रकम खाताबाट निकासा गर्न गइन् ।
सहकारीले आधा गेटमात्र खुल्ला देखेपछि हतार–हतार प्रवेश गरिन् । कैलाली उद्योग ाज्य संघ प्रदेश समिति तथा कैलाली शाखाले बैंकको चर्को ब्याजदरबिरुद्ध धनगढीस्थित बैंक तथा सहकारीका शाखाहरु बन्द गराएको छ ।
दाँतको उपचारका लागि रकम निकाल्न पुगेकी कलावतीलाई बैंक तथा सहकारी बन्द हुनेबारे जानकारी थिएन् । उनले भनिन –‘व्यवसायीहरुले बैंक तथा सहकारी बन्द गराउँदै हिडेको बारे जानकारी थिएन् ।
सहकारीमा समयमै नपुगेको भए मैले उपचारका लागि पैसा निकाल्न पाउने थिएन् ।’ उनलाई शुरुमा सहकारीको गेटामा रहेका सुरक्षा गार्डले सहकारीबाट प्रवाह हुने सेवा बन्द रहेको भन्दै फर्काउन लागेको थियो ।
उनले भनिन –‘सुरक्षा गार्डले बैँक बन्द छ भन्दै फर्किन भन्यो तर, उपचार गराउन पैँसा जरुरी भयो भनेपछि भित्र जान दियो ।’ उनी माया मेट्रो अस्पतालमा दाँतको उपचार गराईरहेकी छिन् ।
सोही कार्यका लागि खातामा रहेको रकम निकासा गर्न पुगेकी थिइन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वजय चौर घरायसी खर्चका लागि खाताबाट रकम निकाल्न पुगे ।
नवजिवनमै भेटिएका उनी भन्दै थिए –‘थोरै भएपनि सहकारीले खातामा रहेको रकम निकासा गर्न दियो ।’ सहकारी तथा बैंकहरुले दैनिक प्रति व्यक्ति जति रकम पनि खाताबाट सेवाग्राहीलाई निकाल्न दिने व्यवस्था गरेको छ ।
तर, संघको आन्दोलनका कारण अतिआवश्यक कार्य बाहेक अन्यका लागि सेवा बन्द गरेको छ । उनी भन्छन् –‘चाहेको जति रकम त सहकारीले दिएन । तर, केह रकम पाएोल अहिले राहात महशुष गरेको छु ।’
उनले भने –‘बैंक त बन्द थियो तर, घरको जरुरी कामका लागि रकम निकाल्न आएको भनेपछि काम भयो ।’ संघको आन्दोलनका कारण धनगढीस्थित बैंक तथा सहकारीहरुले भित्रबाट सामान्य कारोबार गरिरहेका थिए ।
अन्य सबै काम बन्द भएपनि जरुरी भएकाहरुलाई केही समय भित्रैबाट सेवा प्रवाह गरिएको बैँकका एक कर्मचारीले बताए । ‘धनगढीका सबै बैँक बन्द भएका कारण हामीले पनि बन्द गरेका छौ ।
तर, अत्यन्त जरुरी हुनेलाई केही समय भित्रैबाट रकम निश्चित रकम झिक्न मिल्ने गरी सेवा दिएका छौं ।’बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरेका छन् ।
बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, जम्मा, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएका छन् ।अन्य दिन संघले अर्न्तक्रिया, छलल, विरोध र्यली सथै विभिन्न सांकेतिक रुपमा आन्दोलन गर्दै आएकोमा बिहिबार बैंकका शाखाहरुमा तालाबन्दी गरेको छ । ‘
पटक–पटक चर्को बैङ्कको ब्याजदर घटाउनु पर्ने माग गर्दै आन्दोलन गरेपनि राष्ट्र बैंकले माग र मुद्धाबारे गम्भिर भएन’ कैलाली उद्योग वाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझाले भने –‘अझै पनि सुनुवाई नभए थप शशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने छ ।’
उद्योगी व्यवसायीहरुले व्यवसायीमाथिको आङ्क बन्द गर, बैङ्कको ब्याजदरमा एकरूपता कायम गर, व्यवसायीमाथिको व्यापार बन्द गर लगायतका नाराहरू लगाउँदै आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।
उद्योगी व्यवसायीहरुले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन् । यसका साथै सबै बजार बन्द गर्न आग्रह गरिएको छ ।
बि.क रेडियो बान्नीगढीमा समाचार प्रस्तोताको रुपमा कार्यरत छन् । उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया