खोटाङको डुम्रेधारापानीमा जङ्गलमा लागेको डढेलोबाट बच्न जाग्राम
खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा रहेको कालिका भगवती सामुदायिक वनमा लागेको डढेलोबाट बच्न स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् ।
अस्ति शनिवार दिउँसोदेखि सुरु भएको डढेलो बस्ती नजिक आएपछि रातभर जाग्राम बस्ने गेको स्थानिय बासिन्दाले बताएका छन् ।
धारापानी, कोटडाँडा, मण्डलीछाप र आतमाराका स्थानीय बासिन्दा रातभर आ–आफ्नो टोलको संरक्षणमा जुटेको वडा सदस्य महेश बोगटीले जानकारी दिनुभयो ।
डढेलोको लप्का र झिल्को घरको छानोमा आउने त्रासमा स्थानीय बासिन्दा सुत्न नसकेको बोगटीले बताउनुभयो ।
झण्डै पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा डढेलो लागेको हो । डढेलो कसले लगाएको भन्ने खुल्न सकेको छ ।
मानव बस्तीमा डढेलो पस्ने जोखिम टरे पनि अहिले सिरुवानी क्षेत्रमा डढेलो कायम छ ।
यो क्षेत्रमा प्रहरी र स्थानीयवासीले अग्नी रेखा बनाएर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
डढेलोले भिषण रुप लिएपछि नियन्त्रणका लागि प्रशासन र प्रहरीलाई खबर गरेको वडाध्यक्ष ज्ञानुराज पाण्डेले बताउनुभयो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया