तुर्माखाद गाउँपालिका अध्यक्ष बि.सी.द्वारा बिद्यालय अनुगमनमा जोड (कुराकानी सहित)
तुर्माखाद गाउँपालिका स्थित सामुदायिक विद्यालयहरूको अनुगमन गरिएको छ ।
गाउँपालिका अध्यक्ष डम्बर बि.सी.को नेतृत्वमा गाउँपालिकाका वडा न.३,४ र ५ मा रहेका भैरव माध्यामिक विद्यालय,कालिकेश्वरी माध्यमिक विद्यालय,जीवनोद्दार आधारभूत विदालय,बाल कल्याण आधारभूत विद्यालयको अनुगमन गरिएको हो ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.सी.ले केही दिन यता विद्यालयको अनुगमन तथा निरीक्षणमा जोड दिँदै आएका छन् । गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूको भौतिक तथा शैक्षिक स्तरको अवस्थाबारे जानकारी लिई आवश्यक नीति तथा कार्यक्रम संचालन गर्न अनुगमनमा जोड दिइएको अध्यक्ष बि.सी.ले बताएका छन् ।
पालिकाको सामुदायिक विद्यालयहरूक सघन अनुगमन कार्यक्रम अन्तर्गत हाल सम्म (बाल विकास केन्द्र) सहित ६१ वटा विद्यालयहरूको अनुगमन सकिएको उनको भनाई छ ।
बिद्यालय अनुगमनका क्रममा अपवाद बाहेक अधिकांश विद्यालयहरूमा शैक्षिक तथा भौतिक अवस्था दयनीय देखिएकाले चिन्तित तुल्याएको उनले बताएका छन् ।
अनुगमनका क्रममा भेटिएका बिषयबस्तुलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गरिने समेत गाउँपालिका अध्यक्ष ि.सी.ल जानकारी दिएका छन् ।
कुराकानी :-
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : Podcast, शिक्षा, समाचार
प्रतिक्रिया