Hikmat Acharya
  • १३ पुस २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

आज देशभरकै मौसम बदली हुने, धेरैजसो ठाउँमा पानी पर्ने


देशभरकै मौसम बिहानैदेखि बदली भएको छ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

काठमाण्डौसहित धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभय

तराईका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको अनुमान गरिएको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो ।

पछिल्लो २४ घण्टामा लमजुङमा सबैभन्दा धेरै वर्षा भएको छ । लमजुङमा ५० मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।

मौसमविद् समिर श्रेष्ठले पर्सिसम्मकै मौसम यस्तै रहने बताउनुभयो । पश्चिमी वायुको प्रभाव पर्सिसम्म नै रहने देखिएकाले मौसम बदली हुने र पानी पर्ने क्रम पर्ससम्म नै चल्ने उहाँले जानकारी दिनुभयो ।

यसपालिको हिउँदयाममा खासै पानी पर्न सकेन । हिउँद सुक्खा भए पनि प्रि(मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ ।

यसले गर्दा प्रदूषण कम हुन र खेतीपातीका लागि केही राहत मिलेको छ । तर, यो समयमा असिना समेत पर्ने भएकाले कतिपय ठाउँमा भने तरकारी र फलफूल खेतीमा असर पर्न सक्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode