‘विप्लव’ नेकपाद्धारा बैँक तथा वित्तीय संस्था विरुद्ध अछाममा संघर्ष समिति गठन
बैँक तथा वित्तीय संस्थाको मनपरी विरुद्ध अछाममा संघर्ष समिति गठन गरिएको छ ।
जिल्लाको साँफेबगरमा बैंक तथा वित्तीय संस्था र लघुवित्तको ज्यादती विरुद्ध २१ सदस्यीय समिति गठन गरिएको हो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पह राधिका नेपालीको संयोजकत्वमा स्थानीय २१ जना महिलाहरूको संघर्ष समिति गठन गरिएको बताइएको छ भने कवि निभा शाहको नेतृत्वमा सल्लाहकार समिति गठन गरिएको छ ।
बैंक तथा वित्तीय संस्था र लघुवित्तले मनपरी रुपमा व्याज असुल्ने गरेको,ऋणीहरूका पिर मर्काको वास्ता नगरी मानसिक यातना लगायतका यातना दिने गरेको स्थानीय महिलाको गुनासोलाई मध्यनजर गर्दै संघर्ष समिति गठन गरिएको नेपाल कम्युनिष्ट पार्ी अाल जनाएको छ ।
संघर्ष समिति गठन कार्यक्रममा सहभागी महिलाहरूले आर्थिक संकटका कारण बैंकको किस्ता तिर्न ढिलाइ हुँदा पटक पटक फोन गरेर,घरमै आएर तनाव दिने गरेका कारण आफूहरू ठुलो समस्यामा परेको गुनासो गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछाम जिल्ला सचिव निरक सी, कवि तथा महिला नेतृ निभा शाह ,अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज दीपेन्द्र सी. लगायत सहभागी थिए ।
बैँक था वितती संस्थाको मनपरी विरुद्ध अर्को बैठक मार्फत चरणबद्ध संघर्षका कार्यक्रम गरिने अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज दीपेन्द्र सि.ले जानकारी दिएका छन् ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : अर्थ-वाणिज्य, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया