बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतड प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीको भनाइ छ । उनीहरू सबै एकै गाउँका हुन् ।
जीप सवार पाँचजना सकुशल छन्। जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्ररील जाको छ चालक सम्पर्कविहीन छन् ।
झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया