बान्नीगढीका २२ जना महिलालाई कृषि सामाग्री बितरण : यस्तो छ उपाध्यक्ष रावलको प्रतिबद्दता
बान्नीगढी जयगढ गाउँपालिकाका २२ जना कृषक महिलालाई कृषि सामाग्री बितरण गरिएको छ ।
सेवक नेपाल सु आहारा परियोजना र बान्नीगढी जयगढ गाउँपालिकाको सहकार्यमा पालिकाका २२ जना महिला कृषकहरूलाई कृषि सामाग्री बितरण गरिएको हो ।
जस अन्तर्गत ड ्बर ३ बर्दादेवीका नवदुर्गा कृषक समूहका १२ जना र वडा नम्बर २ जनालीकोटका उजेली कृषक समूहका १० जना कृषक महिलाहरूलाई थोपा सिँचाइ,बगैँचा पाइप ,पोली हाउस लगायतका जलवायु प्रविधिमैत्री कृषि सामाग्री बितरण गरिएका छन् ।
वडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष नवराज साउँदको अध्यक्षतामा धारासैन लामागाउँका कृषक महिला र वडा नम्बर २ जनालीकोटका वडा अध्यक्ष नेत्र बहादुर साउँदको अध्यक्षतामा जनाीकोक १० जना महिलाहरूलाई सामाग्री बितरण गरिएको छ ।
सामाग्री बितरण गर्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले बितरण गरिएका कृषि सामाग्रीको सही सदुपयोग गर्न आग्रह गरेकी छन् । कृषि व्यवसाय मार्फत आर्थिक जिविको पार्जन गरि महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कृषि सामाग्री बितरण गरिएको उनको भनाई छ ।
गाउँपालिका र गैर सरकारी संस्थाको सहकार्यमा बितरण गरिएका कृषि सामाग्रीको सही सुपयोग रि ृष व्यवसायबाट लाभ लिन उनले कृषक महिलाहरूलाई सुझाव दिएकी छन् ।
कृषकहरूले उत्पादन गरेका कृषि सामाग्रीको उचित मूल्य प्रदान गर्न र बजारीकरण गर्न गाउँपालिका सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरेकी छन् ।
बाईट : बिन्दु रावल
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : कृषि, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया