कोटघर गाँज्रा सडक स्तरोन्नति : गाउँपालिका अध्यक्ष साउँदद्धारा निर्माण कार्यको उद्घाटन
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ को कोटघर गाँज्रा सडकको स्तरोन्नति निर्माण कार्य आरम्भ गरिएको छ ।
सोमबारदेखी सडकको स्तरोन्नति कार्यको सुभारम्भ गरिएको हो । गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले सडक निर्माण कार्यको उद्घाटन का छन् ।
सडक निर्माण कार्यको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष साउँदले पारदर्शी र गुणस्तरीय रुपमा काम गर्न निर्देशन दिएका छन् । सडकको स्तरोन्नति कार्यले गाँज्रावासी लगायत नागरिकलाई बार्है महिना आवत जावतका लागी सहज हुने उनले विश्वास व्यक्त गरेका छन् ।
कोटघरदेखी वडा नम्बर १ गाँज्राको वडा कार्यालयसम्म करिब अढाई किलोमिटर सडकमा नाली,ग्याविन जाली,मेसेनरी वाल र कजवे लगायतका संरचन नि्ा गरिने बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार र बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक बर्ष २०७९।८० को समपूरक बजेटबाट योजना कार्यान्वयन हुन लागेको हो ।
प्रदेश सरकारको ३७ लाख ५० हजार गाउँपालिकाको ३७ लाख ५० हजार लागतमा सडक निर्माणका लागी टेण्डर आह्वान गरिएकोमा भैरी कन्ट्रक्सनले ३४ लाखमा सडक निर्माणको जिम्मा पाएको थियो ।
असार मसान्त अगावै जिम्मा अनुसारको निर्माण कार्य सम्पन्न रि सक्ने नर्माण कम्पनीले दाबी गरेको छ ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया