गौरवका आयोजनाको काम ५५ प्रतिशत बढी सम्पन्न भएको छ : अध्यक्ष साउँद (कुराकानी सहित)
रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँदले गाउँपालिकाका गौरवका आयोजना कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताएका छन् ।
गाउँपालिकामा संचालित बिभिन्न गौरवका आयोजना कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको उनले बताएका हु् ।
अध्यक्ष साउँदका अनुसार यस आर्थिक वर्षमा गाउँपालिका मातहतमा विभिन्न ४ आयोजनालाई गौरवका आयोजनाका रुपमा हेरिएको छ ।
जस अन्तर्गत गाउँपालिकाको केन्द्र देखी सान्तडा ,कालापालि हुँदै मध्यपहाडि लोक मार्गसम्म जोड्ने सडक,मुजावगर देखी ठाटीखाँद जोडने सडकको स्तरोन्नति, पालिकालाई आरुदखडा पकेट क्षेत्र निमार्ण , पालिकाको वडा न . ५ वाट कालिकोट जोडने सडक निर्माण आयोजना रहेका छन् ।
गौरवका आोजना निर्माणको कार्य करिब ५५ प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष साउँदको दाबी छ ।
जनताका आवश्यकता अनुसार यीँ आयोजनालाई प्राथमिकतामा राख्दै गौरव आयोजनाका रुपमा राखिएको बताईएको छ । संचालित गौरवका आयोजनाहरूलाई गुणस्तरीय रुपमा सम्पन्न गर्न अनुगमन तथा निगरानी गर्ने कार्यमा जोड दिइएको अध्यक्ष साउँदले बताएका छन् ।
उनले पर्यटकीय क्षेत्र रामारोशनमा पर्यटकका लागि गोरेटो ाटो निमार्ण र तालको संरक्षणका लागि कार्य भइरहेको बताएका छन् । तर गाउँपालिकाले पर्यटकीय क्षेत्रलाई गौरव आयोजनाको रुपमा भने नराखेको पाइएको छ । रामारोशन क्षेत्रका लागी माथिल्लो निकायबाट बजेटको पर्खाइका पालिका रहेको पाइएको हो ।
अहिले ताल संरक्षणका लागि केन्द्र सरकारको १५ लाख लागतमा बाटुल्ला ताल संरक्षणको काम भईरहेको छ ।
यसै बिच आज हामीले रामारोशन गाउँपालिकाका यस आर्थिक वर्षका गौवका आयोजन ्यान्वयनको अवस्थाका बिषयमा गाउँपालिका अध्यक्ष मान बहादुर साउँद सँग कुराकानी गरेका छौँ ।
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार
प्रतिक्रिया