खेलकुद
गाउँपालिका अध्यक्ष कपको उपाधी बान्नीगढीलाई : महेशलाई सर्वोत्कृष्ट खेलाडीको उपाधि
मेल्लेख गाउँपालिकामा संचालित गाउँपालिका अध्यक्ष भलिबल कपको उपाधि बान्नीगढी जयगढ गाउँपालिकाले हात पारेको छ ।
मेल्लेख गाउँपालिकालाई पराजित गर्दै बान्नीगढी जयगढ गाउँपालिकाले गाउँपालिका अध्यक्ष भलिबल कपको उपाधि हात पारेको हो ।
पयोगीताको फाइनल खेलमा बान्नीगढीले सोझो सेटमा मेल्लेख गाउँपालिकालाई पराजित गरेको थियो ।
उपाधि हात पारेसंगै प्रथम भएको बान्नीगढी जयगढ गाउँपालिकाले नगद रु २ लाख ५१ हजार १ सय एघार सहित मेडल ,ट्रफि र प्रमाण पत्र हात पारेको छ ।
मेल्लेख गाउँपालिकाको आयोजनामा ऋषि दहमा शुक्रवारदेखी सुरु भएको भलिबल प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा द्धितिय स्थान ओगट्न सफ मेललख गाउँपालिकाले १ लाख २५ हजार १ सय ११ ,तृतीय साँफेबगर नगरपालिका ६५ हजार १ सय एघार र शान्तवना स्थान ओगट्न सफल रामारोशन गाउँपालिकाले २१ हजार नगद सहित मेडल ट्रफि र प्रमाण पत्र हात पारेका छन् ।
प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडीको रुपमा बान्नीगढीका महेश टमट्टा,सर्भरमा ईश्वर लुहार,उत्कृष्ट ब्लकर सुनिल ठकुल्ला र उत्कृष्ट स्पाईकार मेल्लेख सुमित खड्का,उत्कृष्ट क्विकर हिमाल शाह पुरसकृत भएा छन्
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया