अपेक्षाकृत रुपमा न्यायिक समितिप्रतिको आकर्षण बढ्न सकेको छैन : उपाध्यक्ष बुढा (कुराकानी सहित)
रामारोशन गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक सृजना बुढाले अपेक्षीत रुपमा न्यायीक समितिमा गुनासो तथा उजुरी आउन नसेको बताएकी छन् ।
उनले जनताहरूले मुद्धाहरुको छिटोछरितो छिनोफानो खोज्ने भएकाले न्यायिक समितिमा अपेक्ा ार मुद्धाहरु नआउने गरेको बताएकी हुन् ।
मिलापत्रका माध्यमबाट विवाद निरुपणका लागी न्यायीक समिति तल्लिन रहे पनि अपेक्षा अनुसार उजुरी तथा गुनासो आउन नसेकेको उनले उल्लेख गरेकी छन् ।
हालसम्मको अवधिमा ११ वटा गुनासो आए पनि ३ वटा मात्रै दर्ता भएको उनको भनाई छ ।
न्यायीक समितिमा गुनासो आएकोमा ३ वटा उजुरी प्रकृयागत रुपमा दर्ता भएको र अन्य गुनासोहरु सम्झाई बुझाइ पठाईएको न्यायीक समितिा संयज बुढाले जानकारी दिएकी छन् ।
उनका अनुसार सेवाग्राहीले छिटो छरितो रुपमा न्याय खोज्ने तर न्यायीक समितिले मिलापत्रका आधारमा छिनोफानो गर्ने भएका कारण उनीहरुले न्यायका लागी अन्य बाटो बढि रोज्ने गरेका छन् ।
यसै बिच आज हामीले रामारोशन गाउँपालिका उपाध्यक्ष सृजना बुढा सँग कुराकानी गरेका छौँ ।
कुराकानी : सिर्जना बुढा
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया