असार मसान्तको मुखमा चौरपाटी गाउँपालिका लेखापाल बिहिन : आर्थिक कामकाज ठप्प (कुराकानी सहित)
अछामको चौरपाटी गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको छ ।
पालिकाका लेखापाल अर्जुन प्रसाद जोशी एक महिना अघि सरुवा भएपछि कामकाज रोकिएको हो ।
असार मसान्त नजिकिँदै गए पनि पालिकामा लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारीको तलब निकासामा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले रेडियो बान्नीगढीलाई बताए ।
पालिकामा अहिलेसम्म ७० प्रतिशत बढी खर्च भइसक्नु पर्नेमा लेखापाल नभएपछि ५२ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
पालिकामा नयाँ लेखापाल ल्याउन प्रयास भइरहेको भए पनि पाउन मुस्किल भएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताएका छन् ।
यसै बिच आज हामीले लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएक बिषयमा चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापासँग कुराकानी गरेका छौँ ।
कुराकानी : धन बहादुर थापा
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : अर्थ-वाणिज्य, राजनीति, सुदूरपश्चिम
प्रतिक्रिया