बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु
बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।
जिल्लाको पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा गए राति माथिबाट खसेको पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ व्षीय रिजन जागरी रहेको प्रहरीले बताएको छ ।
अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। स्थानीय र प्रहरीको सहयोगमा गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया