बाजुराकी ३२ वर्षीया उज्जलीले जन्माइन बाटोमै शिशु
बाजुराकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन् ।
बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी उज्जलीलाई सुत्केरी व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी थिइन् । त्यसपछि स्वास्थ्यकर्मीले घर पठाएका थिए ।
अस्पता चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने वताएका थिए ।
तर आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याएपछि बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले बताएकी छन् ।
घर फर्किने क्रममा बाजुराको बुढीगंगा नगरपालिका–१० पानीभुवाको सडकमा बच्चा जन्माएको सार्कीले वताइन् बाोा जजली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यक्रमी सार्कीले भेटाएकी थिइन् । अनमी सृजना सार्कीले वाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिइन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया