डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते
डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको आलिताल गाउँपालिका–१ मेलखमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।
बुधवार राति ९ – ३० बजे अटोरिक्स दटना हुँदा २६ वर्षीय अटोचालक दिपक बलायर र २६ वर्षीय केशव महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइते हुनेमा वीरबहादुर कुँवर रहेका छन् ।
उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको प्रहरीले बताएको छ । राति अध्याँरोका कारण शव र अटो निकाल्न नसकिएको प्रहरीले बताएको छ ।
शव झाडीमा अट्किएकाले अध्याँरोका कारण राति निकाल्न नसकिएको डडेल्धुरा प्रहरीले बताएको छ । प्रहरी निरीक्षक कुसुमबहादुर नायकको टोली घटनास्थलमा खटिएर शव निकाल्ने प्रयास भैइरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया