बैतडीमा १९ बर्षीया एक किशोरी मृत फेला
बैतडीमा एक १९ बर्षीया किशोरी मृत फेला परेकी छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट मृत अवस्थामा फेला परेकी हुन् ।
घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेा ी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए ।
शुक्रबार दिउँसो एक बजेतिर उनी मृत अवस्थमा फेला परेकी हुन् । सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट मृत्युको कारण भने खुलेको छैन् ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया