Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीका किसानहरू पशु बिमाप्रति आकर्षित : गाउँपालिका सरकार उदासीन


बान्नीगढी जयगढ गाउँपालिकाका कृषकहरू पशु बिमा कार्यक्रमप्रति आकर्षित हुन थालेका छन् ।

गाउँपालिकाको पशु सेवा शाखाका अनुसार पालिकाका ६ वटै वडाका कृषकहरू बिमा कार्यक्रमप्रति आकर्षित हुँदै गएका हुन् । हाल पालिकामा पशु बिमा गराउनेक या बढ्दै गएको पशु सेवा शाखा प्रमुख हर्क बहादुर शाहीले बताएका छन् ।

शाहीका अनुसार पालिकाका २ सय बढी कृषकले पशु बिमा गराएका छन् । बिमा कार्यक्रममा सहभागी हुनेमा अनुदानका कार्यक्रम अन्तर्गत,अनुदान बाहिर तथा सहकारीमा आबद्ध कृषकहरू रहेका छन् ।

विगतमा पशु बिमा गराएका कृषकहरूले क्षति भएमा बिमांक रकमको ८० प्रतिशत पाउँदै आएकोमा हाल शत प्रतिशत बिमांक लाभको व्यवस्था गरिएको छ ।

कृषकहरलाई इरन जोखिम न्यूनीकरणका लागी बिमा कार्यक्रममा सहभागिता बढाउने उद्देश्यले सरकारले बिभिन्न कार्यक्रममा जोड दिएको शाहीको भनाई छ ।

बिमा कार्यक्रमबारे कृषकहरू सुरुमा अन्यौलमा रहे पनि पछिल्लो समयमा ढुक्कले बिमा गर्न उत्साहित हुने गरेको शाखा प्रमुख शाहीले बताएका छन् । बिभिन्न कारणले पशुहरू मरेपछि बिमा बापतको क्षतिपूर्ति पाउन थाले सँगै कृषक यसमा आकर्षित हुन थालेका उनको भनाई छ ।

शाखा ्रुख ाहका अनुसार आफ्ना पशुको बिमा गराउन अहिले कृषकहरू कार्यालय सम्म स्वयम आउने गरेको छन् ।

बिभिन्न प्रकोप तथा जंगली जनावरको आक्रमण लगायतका कारणले पशु धनको क्षति हुने भएकाले क्षति न्यूनीकरण र व्यवसाय सबलीकरणका लागी समयमै पशु बिमा गर्न उनले आग्रह गरेका छन् ।

बान्नीगढी जयगढ गाउँपालिकाले पशुपालन तथा कृषि व्यवसायलाई प्राथमिकतामा राख्दै स्वरोजगारका कार्यक्रम अघि सार्नेबाे चर्चा गर्ने गेको ए पनि पशु बिमा कार्यक्रमका लागी कुनै पनि कार्यक्रम तथा बजेटको व्यवस्था भने गरेको छैन ।

गाउँपालिका सरकारले पशु बिमा कार्यक्रमलाई अगाडी बढाउनेबारे वास्ता नगरे पनि पशु सेवा शाखाले आवश्यक सचेतनाका कार्यक्रममा जोड दिएको शाखा प्रमुख शाहीको भनाई छ ।

कुराकानी : हर्क बहादुर शाही


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode