भूकम्पको ठुलो धक्का : विद्यालय भवनबाट हाम फाल्दा बान्नीगढीका एक विद्यार्थी घाइते
सुदूरपश्चिममा भूकम्पको ठुलो धक्का महसुस गरिएको छ ।
अछाम लगायत सुदूरपश्चिमका बिभिन्न जिल्लामा मंगलवार दिउसो २ बजेर ४० मिनेट र त्यसको केहि बेर पछि ३ बजेर ६ मिनेटमा धक्का महसुस गरिएको हो ।
दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केनदन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो भने ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
दोस्रो पटक दिउँसो ३ बजेर ६ मिनेटको भूकम्पको केन्द्र बिन्दु बझाङको चैनपुर आसपास रहेको बताईएको छ ।
बिद्यालयको भवनबाट हाम फाल्दा एक विद्यार्थी घाइते
भूकम्पको धक्का महसुस भएसँगै बिद्यालयको भवनबाट हाम फाल्दा अछाममा एक विद्ार्थी घाइते भएका छन् ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा रहेको बिन्देवासीनि माद्यामिक बिद्यालयको विज्ञान भवनबाट अत्तालिएर हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन् ।
भवनबाट हाम फाल्दा घाइते भएका सन्तोषको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया