दसैँको मुखमा ३ दिनको फरकमा अस्ताए दाजुभाई : गाउँ नै शोकमा
दशै तिहारको मुखमा हप्ता दिन नपुग्दै सहोदर दुई दाजु भाइको मृत्यु भएपछि गाउँ नै शोकमा परेको छ ।
अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका कालापाटामा भाइको निधन भएको साता दिन नपुग्दै भारतमा रहेका दाइको सवारी दुर्घटनामा मृ् भएपछि गाउँ नै शोकमा डुबेको हो ।
स्थानीय चक्र साउँदका २३ वर्षीय कान्छा छोरा अशोक साउँद यही असोज १८ घर नजिकैको जङ्गलमा मृत भेटिएका थिए ।
कान्छा छोरा अशोकको काजक्रियामै रहेका बेला मजदुरीका लागी भारतमा रहेका अर्का छोराको सवारी दुर्घटनामा परि निधन भएपछि उनीहरूको परिवारमा बज्रपात आइलागेको छ ।
कान्छा छोराको काजक्रियामा रहेका बेला जेठा छोरा अन्दाजी ३० वर्षीय तपेन्द्र साउँदको सवार दुर्घटनामा परि भारतको हैद्रावादमा मृत्यु भएको खबरपछि बुवा चक्र र आमा कुन्ता साउद बेहोस छन् ।
गरिबी र अभावका बिच हुर्काएका छोराहरुमध्य जेठा छोरा र कान्छा छोरा साता दिनको फरक हुन नपाउँदै अस्ताएपछि परिवारमा मात्र हैन गाउँ नै शोकमा डुबेको छ ।
दसैँको मुखमा आफन्तहरू घर फर्किने र गाउँघर उज्यालो हुने भए पनि कालिका बाच्कोट कालापाटामा भने दिउसै रात परे झैँ भएको छ ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया