अछाममा छुट्टाछुट्टै २ वटा जीप दुर्घटनामा परि ९ जना घाइते

अछाममा छुट्टाछुट्टै आज २ वटा जिप दुर्घटना भएका छन् ।
जिल्लाको चौरपाटी गाउँपालिका र मेल्लेख गाउँपालिकामा २ वटा छुट्टाछुट्टै जीप दुर्घटनामा परेका हुन् ।
आज बिहान जिल्लाको चौरपाटी गाउँपालिका वडा नं १ स्थित बिउनी भन्ने स्थानमा से १ ज ४९० नम्बर जिप दुर्घटनामा भएको हो । दुर्घटना जिप चालक धर्म थापा घाइते भएका छन् । जिपमा चालक मात्रै थिए ।
यस्तै मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडाको देउमाडुमा सु प प्र ०१–००१ ज १३५९ नं.को जिप बेक्र फेल दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
घाइते हुनेमा मेल्लेख गाउँपालिका ६ का २१ वर्षीय सानु कुवर, बर्ष २६ का उत्तम खड्का, १८ वर्षीय समीर रावल, वडा नं ५ का १८ वर्षीय सतिष नेपाली र वडा नं ६ ३५ वर् जेन्द्र रावत रहेका छन् ।
यस्तै वडा नं ५ का ५० वर्षीय टेक बहादुर रावत, २३ वर्षीय योगेन्द्र खड्का र वडा नं ७ का जिप चालक २५ महेश खड्का पनि घाइते भएका छन् । घाइतेहरूको बयालपाटा अस्पतालमा उपचार भईरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया