बान्नीगढी जयगढ गाउँपालिका
गाउँपालिका अध्यक्ष/उपाध्यक्षको पैसा कमाउने चोर बाटो : मिलेमतोमा बाँडे १ करोड ९ लाख
पछिल्लो पटक भ्रष्टाचार विरुद्ध खबरदारी बढेपछि राज्यका विभिन्न निकायमा डाडु पनिउँ हात हुनेले आक्षेप नआउने चोर बाटो पहिल्याएका छन् ।
यसरी सजिलोसँग सेटिङमा चोर बाटो बाट काम फत्ते गर्ने क्रम अछाम जिल्लामा सुरु भएको छ ।
जिल्लाको बा्नीगढीका अध्यक्ष टेकबहादुर साउद र उपाध्यक्ष बिन्दु रावलले चुनावी खर्च उठाउन चोर बाटोको यात्रा सुरु गरेका छन् ।
सोझो रुपमा रकम लिँदा आक्षेप आउने भए पछि उनीहरूले केही बिचौलिया र आफन्तलाई अघि सारेर चोर बाटोको सहारा लिएका हुन् ।
विधि अनि सुशासनका भाषण गरेर आफू लाई पारदर्शी देखाउन हदैसम्मको प्रोपोगन्डा गर्न पछि नपर्ने बान्नीगढीका अध्यक्ष साउद र उपाध्यक्ष रावलले विधि अनि सुशासन लाई ल्जित हुने गरि भाषण र बोली विपरीत हदैसम्मको अपारदर्शी काम गरेको सार्वजनिक भएको छ ।
बोली र काम गर्ने परिपाटीमा आकाश जमिनको फरक देखिने गरि आर्थिक अनियमितता लाई मलजल पुग्ने काम गरिरहेका उनीहरूले यो पटक आफ्नै अपारदर्शी रेकर्ड समेत तोडेका छन् ।
लोकतान्त्रिक गणतन्त्रका अध्यक्ष , उपाध्यक्षले बान्नीगढी जयगढमा अर्को अलोकतान्त्रिक र गैर कानुनी काम गरेर सबैलाई चकित पारेका छन् ।
बाहिर देखाँदा मुस लो झैँ प्रस्तुत हुने बान्नीगढिका अध्यक्ष र उपाध्यक्ष सेटिङमा पैसा कमाई हुने निर्णयमा भने सबै काम मिलेर गर्छन् भन्ने उनीहरूको पछिल्लो निर्णयले प्रष्ट भएको छ ।
पालिकामा संघिय सरकारले पठाएको बजेट मध्य उल्लेख्य रकम उनीहरूले गैर कानुनी तरिकाले बाडेको तथ्य फेला परेको छ ।
बान्नीगढी गाउँपालिका अध्यक्ष साउद र उपाध्यक्ष रावलले मिलेमतोमा पालिकाको १ करोड ९ लाख बढी बजेट आफ्ना लागि विनिोन गरेका छन् ।
चालू आर्थिक बर्ष २०८०।८१ को वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा गाउँपालिकाको सर्वोच्च निकाय गाउँ सभामा बजेट कम देखाएर लुकाएर राखेको १ करोड ९ लाख रुपैयाँको बजेट आफू लाई लाभ पुग्ने गरि अनुकूलका विभिन्न योजनामा विनियोजन गरेका समाचार स्रोतले जानकारी दिएको छ ।
गाउँ सभा र कार्यपालिका लाई समेत छलेर गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र उपाध्यक्ष बिन्दु रावलले १ करोड ९ लाख रुपैयाँ बराबरको बजेट आफ्नो पोल्टामा पारेर लोकतान्त्रिक प्रक्रियाका साथै विधि र सुशासनको समेत हुर्मत लिने काम गरेको समाचार स्रोतको बुझाइ छ ।
उनीहरू ( अध्यक्ष , उपाध्यक्ष ) ले यसरी बजेट विनियोजन गरेको थाहा पाए पछि वडा अध्यक्ष हरु समेत जिल्ल परेका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ तिमिल्सैनका वडा अध्यक्ष किरण बहादुर खत्रीले गाउँपालिकाको यस आर्थिक वर्षको कुल बजेटमध्ये १ करोड ९ लाख बढी विकासे बे अ्यक्ष उपाध्यक्षले बाँडफाँड गरेको थाहा पाउँदा आफू जिल्ल परेको बताए ।
उनका अनुसार गाउँ सभा र कार्यपालिका लाई छलेर अध्यक्ष र उपाध्यक्षले मिलेमतोमा बाँडफाँड गरेको १ करोड ९ लाख बढी रकम कुन योजना र कुन शीर्षकमा खर्च गर्ने भन्ने बिषयमा अहिलेसम्म आधिकारिक रुपमा कार्यपालिका लाई समेत कुनै जानकारी छैन ।
गाउँ सभाका सदस्यहरूले अध्यक्ष उपाध्यक्षले आफ्नो हात जगन्नाथ बनाएको थाहा पाए पि उक्त जे सबैको छलफल र सल्लाह अनुसार मात्रै खर्च गर्नुपर्ने अडान राखेको भए पनि उनीहरूले असहमति लाई महत्त्व नदिएर हाकाहाकी सर्वोच्च निकाय लाई छलेर उक्त बजेट आफ्ना लागि बजेट छुट्टाएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आपसमा भागबन्डा समेत लगाइ सकेका छन् ।
अध्यक्ष उपाध्यक्षले नियममै नभएको कथित अधिकार प्रयोग गरि १ करोड ९ लाख रकम बाँडफाँड गरेर आफ्नै हात जगन्नाथ भन्ने उखान लाई व्यवहामा रिारथ गरका छन् ।
विश्वस्त स्रोतका अनुसार अनुसार १ करोड ९ लाखको ६० प्रतिशत अर्थात् ६५ लाख ४० हजार रुपैयाँ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र ४० प्रतिशत रकम अर्थात् ४३ लख ६० हजार रुपैयाँ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले बाँडफाँड गरि लिएका हुन् ।
अध्यक्ष र उपाध्यक्षले मिलेमतोमा बाँडफाँड गरेका उक्त बजेट आवश्यकताका भन्दा पनि आफूले पनि पाउने गरि निकटका हुलाई अघि देखाएर आ्नो पनि क ला्ने गरि झ्वाम पार्न खोजेको गाउँ कार्यपालिकाका एक सदस्यले दाबी गरेका छन् ।
सार्वजनिक कार्यक्रममा समृद्धिका लागि विधि र सुशासन ढोल पिट्दै हिँडिरहेका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ले रत्तीभर लाज नमानी आफ्ना लागि बजेट विनियोजन गरेर आफ्नो वास्तविक भ्रष्ट चरित्र उदाङ्गो मात्र पारेका छैनन् । सदरमुकाम मंगलसैनको माया कोष र जयगढको सरस्वती मावि सँग सम्बन्धित पुराना आर्थिक अपारदर्शीताका घटना ाई ताजा बनाएका छन्।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया