अछाममा बँदेलको आक्रमणबाट एक महिला घाईते

अछाममा बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
जंगली जनावर बँदेलको आक्रमणबाट मंगलसेन नगरपालिका वडा नम्बर ६ डाडागाउँकी२४ वर्षीया आरती भण्डारी घाइते भएकी हुन् ।
घर नजिकैको चिउरी खोलामा नुहाइधुवाई गर्ने क्रममा उनलाई बँदेलले क्रमण गरेको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार घाइते भण्डारीको अनुहारको विभिन्न भागमा चोट लागेको छ ।
भण्डारीलाई जिल्ला अस्पताल अछाममा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया