चर्चित नेपाली आविष्कारक पुनलाई बान्नीगढीमा स्वागत : ५० हजारका पुस्तक खरिद
चर्चित नेपाली आविष्कारक महावीर पुनलाई बान्नीगढी जयगढ गाउँपालिकामा स्वागत गरिएको छ ।
पुनलाई गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले औपचारिक रुपमा गाउँपालिका कार्यालयमा स्वागत गरेकी हुन् ।
कृषि औजार कारखाना संचालनका लागि उनको जीवन कथामा आधारित पुस्त बिक्री गर्दै हिँडेका पुनलाई स्वागत सहित गाउँपालिकाले ५० हजार बराबरका ६७ वटा पुस्तक खरिद गरेको छ ।
उपाध्यक्ष रावलका अनुसार खरिद गरिएका पुस्तकहरू पालिकाका सबै विद्यालय,स्वास्थ्य चौकी,वडा कार्यालय ,अध्ययन केन्द्र लगायतका ठाउका बितरण गरिने छ ।
नेपाली आविष्कारक तथा चर्चित व्यक्तित्व पुनलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै उपाध्यक्ष रावलले राष्ट्रिय आविष्कार करलाई सक्दो गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
आविष्कार सम्बन्धी काम सिक्ने चाहाना भएका पालिकाका युवायुवतीहरूलाई आविष्कार केन्द्रमा पठाउने र त्यसका लागि आवश्यक बजेट पालिकाले व्यहोर्नेबारे छलफल गर्ने समेत बताएकी छन् ।
पुस्तकबाट सङ्कलित रकमबाट कृषि औजार कारखानालाई संचालन र व्यवस्थापन गर्ने उद्देश्य सहित विभिन्न दौडाहामा रहेका पुन २२ दिन पछि अछाम आइपुगेका हुन् ।
३ लाख पुसतक बि्ी रर कम्तीमा १५ करोड संकलन लक्ष सहित देश दौडाहामा रहेका पुनले अछामपछि डोटी,बैतडी,कैलाली कञ्चनपुर हुँदै काकरभिट्टा प्रस्थान गर्ने बताएका छन् ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया