बेथिति
बुढीगंगा नदीमा सेटिङ्गमा क्रसर उद्योग संचालन : प्रहरी प्रशासन मुकदर्शक
बुढीगंगा नदी किनारमा २ बर्षदेखी अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ ।
साँफेबगर नगरपालिका वडा १ र वडा नम्बर ७ को सिमानामा पर्ने बुढिगंगा नदी किनारबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा अवैध रूपबाट उत्खनन गरी बिक्री व इरहेको पाइएको हो ।
यस बिषयमा नियामक निकाय भने मूकदर्शक बनेका स्थानीयको आरोप छ । अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगले जथाभाबी नदीजन्य पदार्थको उत्खनन गरेको भन्दै स्थानीय नगरबासीहरुले विरोध जनाएका छन् ।
जिल्लाको प्रमुख व्यापारी केन्द्र साँफेबगरसँग जोडिएको सदरमुकाम नजिकैको नदिबाट अवैध क्रियाकलाप भइरहँदा पनि नियामक निकाय मूकदर्शक बनेको उनीहरूको आरोप रहेका छ ।
स्थानीय जाकारहरूका अनुसार बुढीगंगा नदिमा बज्रगुरु कन्स्ट्रक्सन,पी.एस. बानिया जे.भी. अन्तर्गत कामको जिम्मा पाएको नाति कन्ट्रक्सनले अवैध रुपमा क्रसर उद्योग नै संचालन गरि ढुङ्गा, गिट्टी र बालुवा अवैध रूपबाट उत्खनन गरी बिक्री वितरण गरि रहेका हुन् ।
जयगढ रामारोशन सडक खण्ड अन्तरगत जयगढ माझेठाना सडक निर्माणको जिम्मा पाएको बज्रगुरु कन्स्ट्रक्सन,साँफेबगर मेल्लेख, रामारोशन गाउँपालिकाको मुजाबगरदेखी चौकासम्म र बाजुराका बिभिन्न ठाउँमा सडक निर्माणको जिम्मा पाएको नाति कन्ट्र्क्सनले साँफेबगर आसपासका स्थानीय अगुवा तथा व्यापारिसंगको मिलेमतोमा अवैध रुपमा क्रसर उद्योग संचालन गरेका हुन् ।
साँफेबगरका प्रतिष्ठित व्यापारिहरुले पैशा र शक्तिको आडमा तिँ निर्माण कम्पनीको सहयोगमा क्रसर उद्योग संचालन गरि अवैध कारोबार गर्दै आए पनि जिल्ला प्रशासन कार्यालय भने यस बिषयमा मौन देखीएको छ ।
आफले ठेकक पएो सडक निर्माणको काममा आवश्यक पर्ने नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा सहजै उपलब्ध हुने सर्तमा ती कम्पनीहरूले क्रसर संचालनको प्रकृया मिलाई दिएको स्रोतको दाबी छ ।
क्रसर उद्योग संचालनको कागजात निर्माण कम्पनीको नाममा देखिएता पनि कारोबार गर्नेहरू भने साँफेबगरका प्रतिष्ठित व्यापारीहरू रहेका छन् ।
सडक ग्राभेल र पिचका लागी अस्थायी रुपमा मात्रै क्रसर संचालनको अनुमति लिएको भए नि उनीहरूले मनपरी ढंगले नदिबाट ढुङ्गा, गिट्टी र बालुवाको अवैध कारोबार गरिरहेका छन् ।
अस्थायी रुपमा क्रसर संचालनको अनुमति लिएर उनीहरूले राज गरिरहँदा समेत स्थानीय प्रशासन र नियामक निकाय मौन रहनुले उनीहरूबिच आर्थिक लेनदेन भईरहेको पुष्टि भएको स्थानीयको आरोप छ ।
आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी क्रसर उद्योग सञ्चालन भएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय अछाम लगातका सम्बन्ित निकायमा निवेदन दर्ता गराएका छन् ।
अवैध रुपमा संचालित क्रसर उद्योग विरुद्ध साँफेबगर नगर बासीले निवेदन पेश गरेसँगै जिल्ला प्रशासन कार्यालय अछामले यस बिषयमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
िल्ला प्रशासन ार्यलय छाका सूचना अधिकारी सन्तोष बि.क.का अनुसार प्रशासनले जिल्ला प्रहरी कार्यालय र साँफेबगर नगरपालिकालाई यस बिषयमा सोधपुछ गरि पत्राचार गरेको छ ।
पत्रको जवाफ पश्चात् आवश्यक प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया