हिउँ फुलेपछिको अछाम रामारोशन (फोटो फिचर )
सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र मध्यको एक अछामको रामारोशन क्षेत्रमा बाक्लो हिमपात भएको छ। रामारोशनको रामे,किनिमिनि,चाका डाँडा लगायत रामारोशन क्षेत्रका उच्च भू–भागमा हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरू हिउँले य छन्।
हिमपात भएसँगै यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन्। रामारोशन घुम्न आउन चाहानेहरुका लागी सहजै यातायातको सुविधा रहेको छ भने होटलहरु संचालनमा रहेको छन् ।
२ हजार ५ सय मिटरको उचाइमा रहेको रामारोशन क्षेत्रमा हिउँ खेल्न अछाम लगायत छिमेकी जिल्लाबाट पर्यटक आउने होटल व्यवसायीको अपेक्षा छ ।
तस्बिर सौजन्य : नवीन रोकाया (सिता गेस्ट हाउस रामारोशन )9858489490
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : व्यापार/प्रर्वद्धन, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया