साँफेबगर नगरपालिका टुक्याउने प्रस्ताव : आन्दोलनका लागी संघर्ष समिति तयार (कुराकानी सहित)
साँफेबगर नगरपालिकाको नगर सभाको १२ औँ अधिवेशनमा ६ वटा वडालाई छुट्टै पालिका बनाउन सिफारिसका लागि प्रस्ताव पेश भएको छ ।
हिउँदे सभाको १२ अधिवेशनमा ६ वटा वडालाई छुट्टै पालिका बनाउन सिफारिसका लागि शनिवार प्रस्ताव पेश भएको हो ।
वडा नम्र देखि १४ नम्बर वडाका अध्यक्ष सहितका जनप्रतिनिधिले छुट्टै पालिका बनाउन सिफारिसको माग सहित प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावमा तिँ ६ वटै वडा अध्यक्ष सहित २४ जना नगर सभा सदस्यले हस्ताक्षर गरेका छन् ।
यसै बिच ६ वटा वडाहरूलाई छुट्टाएर छुट्टै पालिका बनाउन गरिएको प्रस्तावको नेतृत्व गरिरहेका वडा नम्बर ९ बुढाकोटका वडा अध्यक्ष दीपक कुँवरले प्रस्तावमाथि आवश्यक कार्वाही नभए चरणबद् रुपमा आन्दोलन गरिने बताएका छन् ।
उनका अनुसार ६ वटै वडाका जनप्रतिनिधि,राजनीतिक दल र वडावासीको सहमतिमा उक्त प्रस्ताव सभामा पेश भएको हो ।
उक्त प्रस्तावमाथि आवश्यक कार्वाही नभए चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम संचालन गर्न समिति बनी सकेको उनले बताएका छन् ।
कुराकानी : वडा अध्यक्ष दीपक कुँवर
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया