नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाको आवेदन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धामा २५ जनाले आवेदन दिएका छन् । गत १४ गते प्रकाशित सूचना अनुसार उनीहरुले आवेदन दिएका हुन् ।
नेपाल प्रेसलाई आवेदन दिने २५ जनाको सूची प्राप्त भएको छ । उनीहरुमध जना काठमाडौं उपात्यकाका छन् भने बाँकी उपत्यका बाहिरका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ३० वर्षदेखि ६५ वर्ष उमेर समूहबाट आवेदन मागेको थियो । सात दिनको म्याद राखेर दरखास्त आह्वान गरिएको थियो । दरखास्न दिने आज अन्तिम दिन हो ।
एमडीएमएस र टेरामक्स लगायतका प्रणाली खरिदमा अनियमितता भएाके विषयमा प्रश्न उठेपछि अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपश्चात पद रिक्त रहेको ।
रा् आ्वानलाई लिएर अदालतमा समेत रिट निवेदन दर्ता भएको छ । यसमा तोकिएको मापदण्डले सिमिति व्यक्ति मात्र दरखास्तका लागि योग्य हुने भन्दै कानून व्यवसायीले रिट दायर गरेका हुन् ।
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया