नेपाली यु —१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो
काठमाडौं । दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भइ नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो। यु १९ विश्वकपमा नेपाल सुपर सकम पुगेको थियो। समूह चरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोर्दा अफगानिस्तानलाई पराजित गरेको थियो।
त्यस्तै सुपरसिक्समा बंगलादेश र भरतसँग पराजित भएको हो। विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली यु १९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको बताए।
उनले नयाँ नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए। विश्वकप एउटा सपना हुने भन्दै उनले विश्वकपमा नेपलले ्ािम राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताए।
उनले विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रस्तुति समग्रमा राम्रो भएको र गुल्शन झाको प्रस्तुति भने बलिङमा राम्रो भए पनि ब्याटिङमा राम्रो हुन नसकेको बताए।
उनले गुल्शन झा नेपालको लागि कस्तो खेलाडी होरु भन्नेकुरा सबैलाई थाहा भएको भन्दै सधैँ खेलाडीहरु राम्रो खेली नै रहन्छन् भन्ने नहुने बताए। उनले विश्वकमा राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको बताए।
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार
प्रतिक्रिया