रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी पीडितले कास्की प्रहरीमा बुझाए जाहेरी
पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले प्रहरीमा जाहेरी बुझाएका छन् । पीडितहरुले कास्की प्रहरीमा जाहेरी बुझाएका हुन् । उनीहरूको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भएको छ ।
जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन् । संस्थाहरूमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्ध पनि आरोप छ ।
यसबाहेक उनीहरू निकटका सहकारीवरुद्ध पनि जाहेरीमा नाम छ । छानबिन समितिको प्रतिवेदन अनुसार मनपरी रुपमा पैसा गएको देखिन्छ । पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले निवेदन प्राप्त भएको बताए । ‘निवेदन आएको छ । सुरु दर्ताकै आधारमा अनुसन्धान थाल्छौँ,’ उनले भने, ‘अब अनुसन्धान थाल्न सजिलो भो । यसबारेमा जिल्ला प्रशासनसँग पनि नियमित छलफल इरहेो छ ।
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया