Hikmat Acharya
  • ६ मंसीर २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

एनसेल बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा विचाराधीन


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेको बताएकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचा प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिइन्।

उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिइन्। समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गरेका थिए।

समितिको आजको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भई पारित भएको छ।

 


क्याटेगोरी : राष्ट्रिय, व्यापार/प्रर्वद्धन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode