Hikmat Acharya
  • २३ भदौ २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

सेती नदीमा डुबेर एक जनाको ज्यान गयो, एक जना बेपत्ता


कास्कीको पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जना मृत भेटिएका छन् भने अर्का एक जनाको खोजी भइरहेको छ।

माछा मार्न गएका ५ जनामध्ये नदीमा बगेर बेपत्ता भएका पोखरा महानगरपालिका– १ कसेरी बस्ने ४० बर्षका मङ्गा तामाङ्ग ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले भेटाएको हो ।

एकै ठाँउका ४३ वर्षका रक्सेस तामाङ्गको भने खोजी भइरहेको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode