Hikmat Acharya
  • ६ मंसीर २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने


नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भुमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीयसमितिको बैठकले आफूहरु अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीम निर्णय गरिएको जानकारी दिनुभयो ।

चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताउनुभयो । आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि सुदूरपश्चिम प्रदेशमा दाबी रहेको उहाले बताउनुभयो ।

उहाले आफ्नो पार्टीले राजनीतिक अवस्थालाई केहि समय हेर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने पनि धारणा राख्नुभयो ।

त्यस्तै चौधरीले टीकापुर घटनाका पीडितहरुले न्याय पाउुपरछ भन्नेमा आफू दृढ रहेको जिकिर गर्नुभयो । टीकापुर घटनामा थारुहरु धेरै पीडित रहेको उहाको भनाइ छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode