बान्नीगढी जयगढ गाउँपालिका
कतै फालाफाल कतै हाहाकार : आक्रोशित स्थानीयले काटे खानेपानी पाइप (भिडिओ सहित)
जयगढ बजारमा खानेपानीबाट वञ्चित स्थानीयले खानेपानीको पाइप काटेका छन् ।
ट्याङ्कीमा पर्याप्त पानी भए पनि आफूहरूले खानेपानी नपाएको भन्दै उनीहरूले खानेपानीको मूल लाइनको पाइप काटेका हुन् ।
बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र रहेको जयगढ बजारको बिच बजारका व्यापारी तथा स्थानीयहरू लामो समय देखी खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।
उनीहरूका अनुसार बिच बजार बाहेक गैरीबजार,एक्लेसल्ला लगायतका क्षेत्रमा स्थानीय तथा जनप्रतिनिधिहरुले मनलाग्दी ढंगबाट आफ्नो घरमा २ देखि ३ सम्म खानेपानीका धारा जोडेका छन् भने स्थानीयले वारि चार्न र निर्माणाधीन घर चार्न समेत पानीको भरपुर प्रयोग गरिरहेका छन् ।
कुनै घरमा २ वटा धारा संचा अनि आफूहरूले खानेपानी समेत नपाउने भएपछि खानेपानीको पाइप काट्न बाध्य भएको उनीहरूको भनाइ छ ।
गाउँपालिकालाई यश बिषयमा पटक पटक आग्रह गर्दा समेत बेवास्था गरेपछि यो कदम चालेको उनीहरूले बताएका छन् ।
बान्नीगढी जयगढ गाउँपालिकामा खानेपानी व्यवस्थापनका लागि मात्रै ७ जना कर्मचारी कार्यरत छन् ।
शिलामुल खानेपानी आयोजना रेखदेखका लागि १ जना,खालगडा खानेपानी आयोजना रेखदेखका लागि २ ना छााै टटमर खानेपानी रेखदेखका लागी २ जना र गाउँपालिकामा स्थायी २ जना गरि खानेपानी व्यवस्थापनका लागि मात्रै ७ जना कर्मचारीले मासिक तलव भत्ता पाइरहेका छन् ।
जयगढ बजारमा खानेपानी व्यवस्थापनका लागी भन्दै यस आर्थिक वर्षमा मात्रै १ करोड बढीको योजना संचालनमा छ ।
खानेपानी व्यवस्थापनका लागी मिटर पद्धति मार्फत पानी बितरण गर्ने बताइए पनि हालसम्म कुनै सुरसार भने गरिएको छैन ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया