अछाम बहुमुखी क्याम्पसको प्रमुखमा शाही : शैक्षिक हबको रुपमा विकास गर्ने प्रतिबद्धता (कुराकानी सहित)
अछाम बहुमुखी क्याम्पसको प्रमुखमा ध्रुव शाही चयन भएका छन् । क्याम्पस संचालक समितिले क्याम्पस प्रमुखको जिम्मेवारी शाहीलाई दिएको हो ।
क्याम्पस संचालक समिति अध्यक्ष तथा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षताा सम्पन्न संचालक समितिको शुक्रवारको बैठकले शाहीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको संचालक समिति उपाध्यक्ष यज्ञराज ढुंगानाले बताएका छन् ।
यस अघि सहायक प्रमुख रहेका शाहीको क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको हुने छ । नव नियुक्त क्याम्पस प्रमुख ध्रुव शाहीले अछाम बहुमुखी क्याम्पसलाई यस क्षेत्रको शैक्षिक हबका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
रेडियो बान्नीगढीसंग कुाका उनले क्याम्पसको शैक्षिक तथा भौतिक सुधारका लागी राजनीतिक आग्रह पूर्वाग्रहलाई टाढै राखेर अघि बढ्ने बताएका छन् । यस अघिको अनुभवलाई सदुपयोग गर्दै शैक्षिक तथा प्रशासनिक दक्षता उचित ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ ।
यसै बिच आज हामीले नव नियुक्त क्याम्पस प्रमुख ध्रुव शाहीसँग क्याम्पसको शैक्षिक सुधारका योजनाबारे कुराकानी गरेका छौ ।
कुराकानी :-
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : शिक्षा, समाचार, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया