Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी जयगढ गाउँपालिका

कमाई २४ लाख : १ बर्षमा जनप्रतिनिधिको सेवा सुविधामा पौने १ करोड !


बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधिले सेवा तथा सुविधाका नाममा मात्रै करिब पौने १ करोड रकम बुझेका छन् ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार गत आर्थिक बर्ष २०७९।८० मा जनप्रतिनिधिले सेवा सुविधाका नाममा मात्रै ७६ लाख ९५ हजार ५ स बुझेका हुन् ।

जबकि बान्नीगढी जयगढ गाउँपालिकाले गएको बर्ष आन्तरिक तर्फ जम्मा २४ लाख ८४ हजार ९ सय ४६ रुपैयाँ आम्दानी गरेको छ । यसरी हेर्दा गाउँपालिकाको कमाइको तुलनामा जनप्रतिनिधिले सेवा सुविधाका नाममा ३ सय १० प्रतिशत बढी रकम गाउँपालिकाबाट बुझेका छन् ।

कुन जनप्रतिनिधिले के कति सेवा सुविधा लिए भन्नेबारे भने खुलाइएको छैन । महालेखा परीक्षकको प्रतिवेदनमा समेत पदाधिकारीको सेव सुविधाको ि ेश गरिएको छ ।

प्रतिवेदनले आन्तरिक आम्दानीको तुलनामा ३ सय १० प्रतिशत बढी रकम भुत्तानी हुनुका साथै गाउँपालिकाको कुल बजेटको ७८ प्रतिशत चालु योजनामा र २२ प्रतिशत बजेट मात्रै विकासे योजनामा खर्च गरिएको औल्याउदै प्रशासनिक खर्च नियन्त्रण गरि प्राप्त अनुदान र राजश्व बाँडफाँडको रकम अधिक रुपमा विकास निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिएको छ ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode