Hikmat Acharya
  • २३ भदौ २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

मेल्लेखमा पुजीँगत योजना शत् प्रतिशत सम्पन्न हुने : गुणस्तर र पारदर्शीताको अवस्था के छ ? (कुराकानी सहित)


आर्थिक वर्षको अन्त्य तिर आइपुग्दा समेत अछामका अधिकांश पालिकामा विकासे बजेट भुक्तानीको अवस्था चिन्ताजनक देखीएको छ । जिल्लाका अधिकांश पालिकाको विकासे बजेट हालसम्म ५० देखी ६० प्रतिशत मात्रै भुक्तानी भएको देखीएको हो ।

यता जिल्लाको मेल्लेख गाउँपालिकाले यस आर्थिक वर्षको  हालसम्म चालु तर्फ ७० प्रतिशत र पुँजीगत तर्फ करिब ५२ प्रतिशत बजेट खर्च गरेको छ । विकासे बजेट १९ करोड ७२ लाख मध्यको ५२ प्रतिशत रकम भुक्तानी भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाका अनुसार यस आर्थिक वर्षको पुँजीगत योजना शत प्रतिशत कार्यान्वयन हुने छन् । समानिकरणको बजेट घटेर आउने सम्भावनाका कारण भुक्तानी ऋणात्मक हुन सक्ने उनका भनाई छ ।

पालिकामा यस आर्थिक वर्षमा गौरवका योजनाका रुपमा जिरो प्वाइन्ट दुपाल्त मेल्लेख सडक कालोपत्रे योजना,चिस्यान केन्द्र,बिमकोट दरबारको संरचना निर्माण, जनता नमुना माद्यामिक विद्यालयमा ६ कोठे भवन,कुस्कोटमा स्वास्थ्य चौकी भवन निर्माण लगायतका योजना संचालनमा रहेको उनले बताएका छन् ।

व्यक्तिगत इगो र रिषिवीले अख्तियारमा उजुरी पर्ने क्रम बढ्यो :

पछिल्लो समय मेल्लेख गाउँपालिकामा संचालित बिभिन्न योजना र जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाको विषयलाई लिएर अख्तियारमा उजुरी पर्ने क्रम बढेको छ ।

प्रमुख प्रशासकीय अधिकृत बुढाले भने अख्तियारमा परेका अधिकांश उजुरीको अनुसन्धान गर्दा व्यक्तिगत असन्तुष्टि र इगोका कारण उजुरी गर्ने गरेको पाइएको बताएका छन् ।

अख्तियारमा परेका अधिकांश उजुरी फच्र्यौटको क्रममा रहेको उनको भनाई छ । सडक कालोपत्रे योजनाका बिषयमा परेको उजुरीबारे अख्तियारले स्थलगत अनुगमन सहित कागजात मागेको छ ।

पालिकामा संचालन हुने बिभिन्न योजना तथा खरिदमा आर्थिक लेनदेन हुने गरेको बिषयमा अधिकृत बुढाले आफू नियम सङ्गत अघि बढेको बताउँदै गाउँपालिका तथा मातहतका शाखाहरूमा नीति विपरीत गतिविधि भएको पाइएमा आवश्यक कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कुराकानी : हिक्मत बुढा (प्रमुख प्रशासकीय अधिकृत मेल्लेख गाउँपालिका अछाम )


क्याटेगोरी : Podcast, पालिका, भिडीयो, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode