Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीका पूर्व अध्यक्ष, उपाध्यक्ष : पदमा नहुँदा पनि सरकारी सम्पत्तिमै रजगज !


बान्नीगढी जयगढ गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष,उपाध्यक्ष लगायतका केहि जनप्रतिनिधिले कार्यकाल सकिदा समेत हालसम्म सरकारी सम्पत्ति फिर्ता नगरेको पाइएको छ ।

उनीहरूले जनप्रतिनिधिको भूमिकामा रहँदा सरकारी सेवा सुविधा बापत लए बिभिन्न सामाग्रीहरू कार्यकाल सकिएको लामो समयसम्म पनि फिर्ता नगरेका हुन् ।

यसरी सामान फिर्ता नगर्नेमा पूर्व गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का,उपाध्यक्ष लोक बहादुर साउँद सहित वडा अध्यक्ष र कार्यपालिका सदस्य समेत छन् ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार गाउँपालिका अध्यक्ष खड्का र उपाध्यक्ष साउँदले आवास व्यवस्थापन लगायत प्रयोजनका लागी लिएका लाखौँ मूल्यका सामाग्री फिर्ता नगरेका हुन् । उनीहरूले आफ्नो प्रयोजनका लागी लिएका सामाग्रीको मूल्य भने खुलाइएको छैन ।

तीँ सामाग्रीको मूल्य के कति हो भन्नेबारे गाउँपालिकाले गरेको भुक्तानी र स्टोरमा भएको दाखिला बिवरण अनुसार खुल्ने छ ।

पूर्व गाउँपालिका अध्यक्ष खड्काले गाउँपालिकालाई फिर्ता नगरेका सामाग्रीको बिवरण –

िका उपाध्यक्ष साउँदले गाउँपालिकालाई फिर्ता नगरेका सामाग्रीको बिवरण –

अध्यक्ष उपाध्यक्ष संगै पालिकाका अन्य जनप्रतिनिधिले समेत बिभिन्न सामाग्री हालसम्म गाउँपालिकालाई फिर्ता दिएका छैनन् । महालेखा परीक्षकको प्रतिवेदन अनुसार फिर्ता बुझाउनुपर्ने सामाग्री र पूर्व जनप्रतनधक नमवी निम्नानुसार रहेको छ ।

सामाग्री फिर्ता नगर्ने अन्य जनप्रतिनिधिको बिवरण :

महालेखा परीक्षकको अन्तिम प्रतिवेदन २०८१ अनुसार तिँ सामाग्री वा सो बरावरको रकम असुल गर्न भनिएको छ ।

तोकिएको समयभित्र आफूले प्रयोग गरेको सामान बरबुझारथ नगरे बहालवाला कर्मचारी भए उनको तलबाट र अन्य व्यक्ति ए अ्य माध्यमबाट ए पनि असुलउपर गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ


क्याटेगोरी : टापनटिपन, पश्चिम खोज, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode