Hikmat Acharya
  • २३ भदौ २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

चालू आवमा बान्नीगढीमा कुल बजेटको ८० प्रतिशत बजेट खर्च


अछामको बान्नीगढी जयगढ गाउँपालिकामा यस आर्थिक वर्षमा कुल बजेटमध्ये ८० दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु र पुँजीगत गरि गाउँपालिकाले समग्रमा ८०.४९ प्रतिशत वित्तीय प्रगति गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले चालुतर्फ ८३. दशमलव १५ प्रतिशत र पुँजीगत तर्फ ७१. दशमलव ४७ प्रतिशत प्रगति हासिल गरेको जानकारी गराएको छ ।

गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावल र लेखा अधिकृत नारद प्रसाद खनालले एक विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को सम्पूर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखांकन कार्य बन्द भएको र चालु आर्थिक वर्षको वित्तीय प्रगति ८०.४९ प्रतिशत खर्च भएको उल्लेख गरेका छन् ।

सोमवार राती वित्तीय विवरण सार्वजनिक गर्दै उनीहरूले चालु आर्थिक बर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधि कर्मचारी तथा सरोकारवाला सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।


क्याटेगोरी : अर्थ-वाणिज्य, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode