Hikmat Acharya
  • २३ भदौ २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछामको बुढीगंगा नदिमा बेवारिसे शव फेला


अछामको बुढीगंगा नदिमा बेवारिसे शव फेला परेको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ मेलसैनस्थित बुढीगंगा नदिमा मंगलवार बिहान बेवारिसे शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार नदी किनारमा फेला परेको शवको नाम थर र लिङ्गको समेत पहिचान हुन सकेको छैन ।

शरीरका विभिन्न अङ्ग सडेका कारण उक्त शव पुरुष वा महिला कसको हो भन्ने समेत पहिचान गर्न नसकिएको बताईएको छ ।

घटनाका सन्दर्भमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode