Hikmat Acharya
  • ११ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा देब्रे हात भाँच्चिएका बालकको दाहिने हातमा प्लास्टर


बझाङमा देब्रे हात भाँच्चिएर उपचारका लागि अस्पताल पुगेका एक जना बालकको दाहिने हातमा पलास्टर गरिएको छ। जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापरबाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोच गर्दै आएका छन्।

 

अस्पतालले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको भन्दै मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्याकर्ताले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए। बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्यालको देब्रे हात भाँच्चिएकोमा दाहिने हातमा प्लास्टर गरिएको हो। आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दइ आे सोबार जिल्ला अस्पताल सिमखेत पुगाएका थिए।

 

सोमबार दिउँसो अस्पताल पुगाएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखा परेको थियो। भाँच्चिएको हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताएका छन्। पलास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै उनले गल्ती स्वीकार गरेा छन् ती बालकलाई ज (बुधबार) घर पठाएको अस्पतालले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode