Hikmat Acharya
  • २३ भदौ २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण, चुनावी अभियान प्रभावित हुने


अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ ।

राष्ट्रपति बाइडेनलाई कोरोनाको लक्षणसमेत देखिएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले जानकारी दिनुभएको छ ।  उहाँकाअनुसार बाइडेनलाई अब आफ्नै निवासमा कोठाभित्र आइसोलेसनमा राखिने छ ।

राष्ट्रपति बाइडेनले कोरोनाको खोप प्याक्सलोभिडको पहिलो डोज लिईसक्नुभएको बीबीसीले जनाएको छ । अमेरिकामा चुनावी गतिविधि चर्कीरहेको बेला बाइडेन कोरोना सङ्क्रमण भएपछि उहाँको चुनावी अभियान प्रभावित हुने भएको छ ।

८१ वर्षीय बाइडेनमाथि उम्मेदवार नबन्न चर्को दबाव छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode