तुर्माखाद गाउँपालिका अध्यक्ष बिसीले फेसबुकमा कसलाई भने जँड्याहा ?
तुर्माखाद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले सामाजिक संजाल फेसबुकमा स्टाट्स मार्फत जँड्याहालाई प्रश्न गरेका छन् ।
यस वर्षको एसइई को ग्रेड वृद्धि परीक्षाका लागी तुर्माखाद गाउँपालिकामा केन्द्र थपिएको फेसबुक मार्फत जानकाी गराएका अध्यक्ष बिसीले स्टाट्सको अन्तिममा लेखेका छन् ‘यति कुरा एउटा स्थानीय सरकारले गरिरहँदा सस्तो लोकप्रियता हुन्छ र जँड्याहा ? ‘
गाउँपालिका अध्यक्ष बिसीले स्टाट्समा कसलाई जँड्याहा भन्न खोजेका हुन् भन्ने स्पष्ट खुलेको छैन । यद्यपि गाउँपालिका अध्यक्ष बिसीका कामप्रति आलोचना गर्ने केहि व्यक्तिको समूहलाई उनले लक्षित गरेको आँकलन गरिएको छ ।
गाउँपालिका अध्यक्ष बिसीको पछिल्ला गिवि विपक्षीहरूले सस्तो लोकप्रियताको संज्ञा दिने गरेका छन् ।
विशेष गरि निवर्तमान गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा लगायतले वर्तमान गाउँपालिका अध्यक्ष बिसीका कामको आलोचना गर्ने गरेको बताइन्छ ।
शिक्षा क्षेत्र सुधारका लागी विशेष गाउँपालिका अध्यक्ष बिसी रणनीति सहित अघि बढेका छन् । नेता र कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा गाउँपालिकाको सरकारी विद्यालयमा भर्ना गर्नपर्ने ीि िक अध्यक्ष बिसीले अन्य विकास निर्माणका कार्यहरू कडाइका साथ अघि बढाएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया