Hikmat Acharya
  • २३ भदौ २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

“दृढ पाइला” शुक्रवार सार्वजनिक हुँदै


पुनम घिमिरेकृत उपन्यास “दृढ पाइला” शुक्रवार सार्वजनिक हुने भएको छ ।

साहित्यका विभिन्न विधाहरूमा कलम चलाइरहनु भएकी घिमिरेको उपन्यास दृढ पाइला यही १२ गते दिनको १ बजे प्रज्ञाभवन लेख नाथ सभा हलमा सार्वजनीकरण तथा अन्तरक्रिया कार्यक्रमको तय भएको छ ।

कृतिकार घिमिरेका आँखी झ्याल कविता सङ्ग्रह, अक्षर भरि पुनम गीति सङ्ग्रह, अर्पण बाल गीति सङ्ग्रह लगायत आधा दर्जन गीत रेकर्डिङ भैसकेका छन् ।

कृति सार्वजनिकरण कार्यक्रममा उपस्थितिका लागि आयोजक नेपाली लेखक संघ काठमाडौँले सम्पूर्ण साहित्यप्रेमीलाई निमन्त्रणा गरेको छ ।


क्याटेगोरी : कला-साहित्य, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode