Hikmat Acharya
  • २३ भदौ २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

तीव्र गतिमा बन्दै बान्नीगढीको प्रशासनिक भवन


गत जेठदेखि निर्माण सुरु भएको बान्नीगढी जयगढ गाउँपालिका अछामको प्रशासनिक भवनको कामले तीव्रता पाउँदै गएको छ । ३ महिनाभित्रमै भवनको पहिलो तला ढलानका लागी ७० प्रतिशत कार्य पुरा भइसकेको छ ।

निर्माण व्यवसायी रवि स्वारले भवनको निर्माण तोकिएकै समयावधिभित्र पुरा हुने बताएका छन् । नारायण उपहार जे.भि. कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ ।

व्यवसायी स्वारका अनुसार मौसमले साथ दिएमा आगामी बर्ष २०८२ को सुरुवातमै भवन गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्माण कम्पनीको लक्ष्य छ । समय अगावै काम सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गरि सक्ने स्वारको दाबी छ ।

२०८३ वैशाखसम्म भवनको निर्माण पुरा गर्ने सम्झौता भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावलले जानकारी दिए ।

भवनको लागत अनुमान ५ करोड ६० लाख २४ हजार ६ सय ६४ रुपैयाँ रहेको छ । चार तलाको भवन निर्माण गर्ने डिपिआर अनुसार ३२ कोठाको भवन निर्माण हुने छ । प्रशासनिक भवनमा आपतकालिन भर्यांङ र अपाङ्गमैत्री शौचालय समेत निर्माण हुनेछन् ।

बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले प्रशासनिक भवन निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्न आवश्यक सहकार्य भईरहेको बताए ।

निर्माण कम्पनीको कामको गति सन्तोषजनक रहेको बताउँदै उनले भवन निर्माण पश्चात् पालिकाको सेवा प्रवाहमा सहज हुनुका साथै लाखौँको आर्थिक भार कम हुने विश्वास लिएका छन् ।

गाउँपालिकाको प्रशासनिक भवन तथा केन्द्रका बिषयमा विगतमा आफूहरूले जग्गा उपलब्धिका लागी बिभिन्न बाधाहरू झेल्नुपरे पनि भवन निर्माण कार्यको तीव्रतासँगै आफ्नो सपनाले मूर्त रूप लिएको भन्दै गाउँपालिका अध्यक्ष साउँदले खुसी व्यक्त गरे ।

भवन निर्माणको ३ महिना नपुग्दै करिब २५ प्रतिशत काम पुरा भइसकेको गाउँपालिकाका सब इन्जिनियर लोकेन्द्र ठकुल्लाको भनाई छ ।

भवन निर्माणपछि कार्यालयको नियमित सेवा प्रवाहमा सहज हुने आशा गरिएको छ । गाउँपालिका कार्यालय र पालिकाका बिभिन्न शाखाहरू भाडाका भवनमा संचालन हुँदै आएका छन् ।

निर्माणाधीन प्रशासनिक भवनको डिपिआर तयार गर्ने क्रममा मार्बल,स्टिल र्यालिंग लगायत कुराहरू समावेश गरिएका छैनन् । डिपिआरका क्रममा केहि त्रुटी भए पनि गाउँपालिकाले सोही अनुसार टेण्डर आह्वान गर्दा तिँ काम सम्पन्न गर्न थप भि.ओ. गर्नुपर्ने छ ।

त्यसले भवनको निर्माण कार्य सम्पन्न भइसकेपश्चात् थप काम गर्न केहि प्रकृया पुरा गर्नुपर्ने भएकाले थप झन्झट हुनेछ ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode