Hikmat Acharya
  • ३१ भदौ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछाममा भण्डारी र माझीको रि ईन्ट्री : विनायकमा पदम,रामारोशनमा राम !


अछामका २ वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा यस अघि नै जिम्मेवारी सम्हालीसकेका २ जनाले पुनःह जिम्मेवारी पाएका छन् ।

रामारोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राम बहादुर भण्डारी र पञ्चदेवल बिनायक नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदम बहादुर माझिले जिम्मेवारी पाएका हुन् ।

भण्डारी र माझीले यस अघि पनि सम्वन्धित पालिकाको हाकिमको जिम्मेवारी सम्हाली सकेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहि साउन २ गते माझिलाइ पञ्चदेवल बिनायक नगरपालिकाको निमित्त र यहि साउन ११ गते भण्डारीलाइ रामारोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

रामारोशन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ३ बर्ष बढि सेवा गरेका भण्डारी पचालझरना गाउँपालिकामा कार्यरत थिए ।

माझीले पनि यस अघि ३ बर्ष बढी पञ्चदेवल बिनायक नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली सकेका छन् ।

रामारोशनमा रि ईन्ट्रि पाएका भण्डारी साता दिन भित्रै गाउँपालिकामा हाजीर हुने बुझिएको छ ।

उता पञ्चदेवल बिनायक नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी माझीलाई दिएको सवालमा भने नगरको बागडोरमा रहेकाहरु नै सन्तुष्ट छैनन् ।

स्रोतका अनुसार यस अघि निमित्तको रुपमा कार्यरत रहदा माझी, नगरका जनप्रतिनिधि र कर्मचारीबिच बेमेल थियो । कर्मचारी र जनप्रतिनिधिबिचको बिवादसंगै माझीलाई जिम्मेवारीबाट किनारा लगाइएको थियो ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत बिष्णु सापकोटाको सरुवा भएसंगै माझीले निमित्तको जिम्मेवारी पाएकोमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भने उनको ठाउँमा फुल हाकीम (दरबन्दि अनुसार) पठाउन मन्त्रालयमा दौडधुप गरिरहेका बताइन्छ ।

मेयर उपमेयर सहित कार्यपालिकामा बहुमत रहेको नेपाली काँग्रेस पार्टीका नेताहरु समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत माझीलाइ बनाउन हुने नहुनेमा बिभाजित देखीएका छन् ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode